धादिङमा भयानक बस दुर्घटना, आठ जनाको शव भेटियो, केही बगाएको

पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठजनाको मृत्यु भएको छ । 

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ः१० बजे को समयमा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले  खत्राखबरलाई जानकारी दिए । 

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस अनियन्त्रित भइ राजमार्गबाट ३०/४० मिटर तल खसेको जैसवालले जानकारी दिए । 

बस काठमाडौंबाट म्याग्दीका लागि छुटेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्दार कार्य जारी छ । घाइतेहरूको गजुरी सामुदायिक अस्पलालमा उपचारका लागि लगिएको छ ।

बसमा कति यात्रु थिए भन्ने ऐकिन भइसकेको छैन ।  त्रिशूली निकै बढेको र केही यात्रुलाई बगाएको हुन सक्ने आशंका गरिएको भए पनि ऐकिन नभएको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।

 

Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *