Weather Today-आज चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

आज चट्याङ्ग सहित भारी वर्षाको सम्भावना 

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ।

मंगलबार बिहान देशभर आँशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मंगलबार राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज  देशभर

आज  देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातीस् देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *